गण्डकीमा बजेट खर्चको लक्ष्य भेटाउनै मुस्किल

पोखरा । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित गरेको रकमको ६६.०७ प्रतिशत रकम मात्र खर्च गरेको छ । जबकि प्रदेश सरकारले कुल बजेटको ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको ३५ अर्ब ९० करोड ९० लाख बजेटमध्ये २३ अर्ब ७२ करोड ५४ लाख ९९ हजार ७३ रुपैयाँ बजेट मात्र सरकारले खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रण कार्यालयका अधिकृत चन्द्र शेखर सापकोटाले बताए ।
सरकारले पुँजीगततर्फ १५ अर्ब २६ करोड ८५ लाख ९१ हजार १ सय ७७ रुपैयाँ र चालूतर्फ ८ अर्ब ४५ करोड ६९ लाख ८ हजार ५ सय ५५ रुपैयाँ बजेट खर्च गरेको हो । जबकि सरकारले पुँजीगततर्फ २२ अर्ब ८५ करोड १८ लाख ५० हजार ७ सय ८९ बजेट विनियोजन गरेको थियो ।
यस्तै, चालूतर्फ १२ अर्ब ५५ करोड ७१ लाख ४९ हजार २ सय २ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
लक्ष्य अनुसारको बजेट खर्च नहुनुमा प्रदेश गौरवका आयोजना समयमा पूरा हुन नसकेको पनि एक हो । यस्तै, गत आर्थिक वर्षमा बजेट खर्च कम हुनु तीनै तहको निर्वाचन पनि भएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।
संघीयता लागु भएसँगै पाँच वर्षको आँकडा हेर्दा यो ६ वर्षमा एक पटक ७३ प्रतिशत बजेट खर्च भएको देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को बजेटले ८० प्रतिशत लक्ष्य राखेकोमा ७३ प्रतिशत पूरा गरेको थियो । आर्थिक वर्ष ०७५/७६ मा ५८.१०, ०७६/७८ मा ६३. ७१, ०७८/७९ मा ७०.७२ र ७९/८० मा ६६.०७ प्रतिशत बजेट खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छः सभापति देउवा
-
तिनकुने हिंसामा निधन भएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग
-
शनिवार यस्तो देखियो रणमैदान बनेको तीनकुने र कोटेश्वर क्षेत्र
-
मणिपालमा फरेन्सिक मेडिसिन क्विज सफलतापूर्वक सम्पन्न
-
लुम्बिनी प्रदेशका दुई औद्योगिक क्षेत्रः घोषणाको एक दशकपछि जग्गा यकिन, बल्ल सडक निर्माण सुरु
-
हिजोको घटनामा पूर्वराजालाई जोड्नु अनुपयुक्त : कमल थापा