प्रकाश सपुतको नयाँ गीत 'दमाई महाराज' सार्वजनिक
शुक्रबार, ०५ साउन २०८०, २० : ५६

काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत 'दमाई महाराज' सार्वजनिक भएको छ। गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्।
सपुतकै शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका हुन् ।
गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियाेमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको भिडियो प्रविण भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडियाेमा प्रकाश सपुतले नै निर्देशन रहेकाे छ ।
केही अगाडि सपुतले गीतसंगीतको माध्यमबाट यो वर्ष जातीय विभेदविरुद्ध काम गर्ने बताएका थिए। यो गीतमार्फत उनले छुवाछुत तथा भेदभावविरुद्ध आवाज उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे