धरानमा गोली हानी एक युवकको हत्या, अपराधी छिट्टै पक्राउ पर्छन् : प्रहरी

विराटनगर । कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान सडकखण्डमा गोली हानी एक युवकको हत्या गरिएको छ ।
शुक्रबार दिउँसो गोली हानी विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई सेउती खोलाको पुलनजिकै गोली प्रहार भएको सुनसरी प्रहरीले बताएको छ ।
मूलघाटबाट विराटनगर फर्किएका उनको दाहिने कोखमा गोली लागेको सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए । चौधरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
ढकालले गोली प्रहार गर्नेको हुलियाबाट पहिचान भइसकेको बताए । ‘गोली प्रहार गर्ने मानिसको हुलिया पत्ता लागि सकेको छ, विगतमा पनि उनीहरु आपराधिक घटनामा संलग्न थिए,’ ढकालले भने, ‘उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ । किन गोली हानियो भन्ने कुरा खुलेको छैन । गोली हान्नेहरू छिट्टै पक्राउ पर्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने