काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले अवैध सुन प्रकरणका अपराधी पत्ता लगाउन सरकारले ढिला गरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।
सुन प्रकरणका अपराधीलाई छिटो पत्ता लगाउन माग गर्दै युवा संघले शुक्रबार साँझ नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो । युवा संघले सुन प्रकरणमा साना भरियाहरुलाई समातेको तर ठूलालाई उन्मुक्ति दिन खोजेको आरोप समेत लगाएको छ ।
१ प्रतिक्रिया