शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कानुन र सरकार निर्माणमा संसदको महत्त्वपूर्ण भूमिका छ : सभामुख घिमिरे

शुक्रबार, ०५ साउन २०८०, १८ : ०९
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघियता बलियो बनाउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंको चन्द्रागिरीमा सुरू भएको संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले जनताका आवश्यकतालाई सम्बोधन हुनेगरि कानुन र सरकार निर्माणका लागि संघ र प्रदेश संसदको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

देशका सातवटै प्रदेशका सभामुख र उपसभामुख सहित सहभागी भएको कार्यक्रममा बोल्दै उनले अहिले जनताका आवश्यकता पूरा नभएकोले संघियता आवश्यक थिएन कि भन्ने बहज सिर्जना भएकोले संघ र प्रदेशले काम गर्न नसक्नुका कारण र समस्या पहिचान गरी त्यसलाई हल गर्न राजनीतिक दल र सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।  त्यसबारे भेलाले निचोड निकाल्ने विश्वास समेत व्यक्त गरे ।

सभामुख, उपसभामुख लगायत सहभागी सो भेलाले उपयुक्त खालका विधेयकलाई अघि बढाएर कानुन निर्माण गर्न र कानुन लागू गर्न सरकारलाई निर्देशन दिने बिषयमा छलफल केन्द्रीत हुने विश्वास पनि सभामुख घिमिरेले व्यक्त गरे । संघ र प्रदेशसभाको अनुभव आदान प्रदानको कार्यक्रम यहि साउन ७ गतेसम्म चल्नेछ ।

devraj1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप