थप ११ नयाँ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । शुक्रबार बसेको बोर्डको बैठकले एक स्टक डिलर कम्पनीसहित १० वटा कम्पनीलाई ब्रोकर लाइसेन्सको अनुमतिपत्र दिने निर्णय गरेको हो ।
ब्रोकर लाइसेन्स अनुमतिपत्र पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, एनएमबी सेक्युरिटिज लिमिटेड, एसपीएसए सेक्युरिटिज लिमिटेड रहेका छन् ।
यसैगरी सानिमा सेक्युरिटिज लिमिटेड, स्टक्स कार्टस् सेक्युरिटिज लिमिटेड, इन्दिरा सेक्युरिटिज प्रालि, ब्लु चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटिज प्रा.लिले समेत नयाँ ब्रोकर लाइसेन्सको अनुमति पाएका छन् ।
यी कम्पनीहरुले धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्सका लागि छनोट भएर आवश्यक पूर्वाधार तयारीका लागि यसअघि नै अनुमति पाएका थियो । सोही तयारीका आधारमा बोर्डले यी कम्पनीहरुलाई लाइसेन्स प्रदान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए