महिला विश्वकप : स्पेन र स्विट्जरल्यान्डको सजिलो जित

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा स्पेन र स्विट्जरल्यान्डले सजिलो जित हात पारेका छन् । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।
समूह ‘सी’ अन्तर्गतको खेलमा स्पेनले कोस्टारिकालाई ३—० गोलको फराकिलो अन्तरले हरायो । स्पेनको तर्फबाट तीनवटै गोल पहिलो हाफमा भएको थियो । खेलको २१औं मिनेटमा कोस्टारिकाकी भालेरिया डेल क्याम्पोबाट आत्मघाति गोल भएपछि स्पेन अगाडि बढेको थियो ।
खेलको २३औं मिनेटमा आइताना बोनमातीले स्पेनको अग्रतालाई दोब्बर बनाएकी थिइन् । निर्धारित समयको २७औं मिनेटमा स्पेनले तेस्रो गोल थपेको थियो । स्पेनका लागि तेस्रो गोल एस्थर गोन्जालेजले गरेकी थिइन् । उक्त समूहमा स्पेन तीन अंकसहित पहिलो र कोस्टारिका चौथो स्थानमा छन् । जापान र जाम्बियाले भने पहिलो खेल खेल्न बाँकी छ ।
अर्को खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २—० गोलले हरायो । समूह ‘ए’ को उक्त खेलमा स्विट्जरल्यान्डका लागि ४५औं मिनेटमा रामोना बाचम्यानले पेनाल्टीमार्फत पहिलो गोल गरिन् । निर्धारित समयको ६४औं मिनेटमा सेराइना सेभरिन पिउबेलले टोलीका लागि दोस्रो गोल गरेकी थिइन् ।
उक्त समूहमा चारवटै टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन् । तीन अंकसहित स्विट्जरल्यान्ड पहिलो स्थानमा छ । पहिलो खेलमा सफलता हात पारेको आयोजक न्युजिल्यान्ड पनि तीन अंकसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा पराजित टोली नर्वे तेस्रो र फिलिपिन्स चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको जवाफी पत्र, कुलमान हटाउन ४ बुँदे थमाइयो
-
हवाई आक्रमणको डरमा छन् ट्रम्प, बनाउँदैछन् आइरन डोमको ढाँचामा गोल्डेन डोम
-
ट्रम्पको धम्कीले पनि गरेन काम, हमासद्वारा चेतावनी ठाडै अस्वीकार
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश
-
सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल