बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

शिल्पी थिएटरमा ‘ट्रान्जिट’ को मञ्चन

शुक्रबार, ०५ साउन २०८०, १४ : ०१
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । नाटक ‘ट्रान्जिट’को मञ्चन सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबारबाट नियमित रुपमा नाटक मञ्चन सुरु भएको हो ।

नाटकको पहिलो सो बिहीबार सेलिब्रिटी, पत्रकार लगायतलाई देखाइएको थियो । घिमिरे युवराजको निर्देशन, कुमार नगरकोटीको लेखन रहेको नाटक भदौ २ गतेसम्म चल्ने छ ।

अभिनेत्री शिल्पा मास्केले यसै नाटकमार्फत रंगमञ्चमा डेब्यु गरेकी छन् । नाटक ‘ट्रान्जिट’ एक ट्रान्जिटको कथा हो, जहाँ भेटिएका पात्रसँगै नाटकले दर्शकलाई कल्पनाको संसारमा लिएर जान्छ ।

नाटकमा अभिनेता दिव्यदेवले शीर्ष पात्र मानवको भूमिकामा अभिनय गरेका छन् । मायावीको भूमिकामा तीन अभिनेत्री शिल्पा मास्के, आकांक्षा कार्की र वासना तिमल्सिना छन् । जेलरको रुपमा मिल्सन राईले अभिनय गरेका छन् । पहिलो मञ्चनमा नाटकलाई सकारात्मक प्रतिक्रिया मिलेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप