सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण हुन्छ भन्नु भ्रम हो : राजीव ढुंगाना

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण नहुने बताएका छन् ।
केन्द्रीय समितिको जारी बैठकमा ढुंगानाले भने, ‘पार्टी सभापतिलाई जति बढी गाली गर्यो, त्यति बढी पार्टी रुपान्तरण हुने सोचका साथ एकथरी साथीहरु लाग्नुभएको छ । त्यो भ्रम बाहेक केही पनि होइन ।’
जनताले कांग्रेसमा रुपान्तरण कार्यक्रम र मुद्दामा खोजेको उनले बताए । पार्टी बैठकबाट जनताका लागि कांग्रेसले के निर्णय गर्यो, नागरिकले हेरिरहेको नेविसंघका पूर्व अध्यक्ष समेत रहेका ढुंगानाले बताए ।
‘कार्यकर्तामा आएको संशय यो केन्द्रीय समिति बैठकले चिर्नुपर्दैन र ? नयाँ पार्टी नयाँ नाराका साथ उदाएका हुन् त ? के हाम्रो अकर्मण्यताका कारण हो ? कि हाम्रो प्रवृत्ति पनि जिम्मेवार छ । गम्भिर रुपमा खोतल्नुपर्ने बेला आएको छ,’ ढुंगानाले भने ।
देउवाका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खुइल्याउने प्रवृत्ति रहेको उनले बताए।
‘अहिले हामी खुइल्याउने प्रतिस्पर्धामा छौं, सभापतिलाई खुइल्याउन पाए सबैभन्दा ठूलो कांग्रेस हुन पाइन्छ भनेझैं गरी खुइल्याउँछौं,’ उनले भने, ‘पदाधिकारी र महामन्त्रीलाई खुइल्याउन व्यस्त छौं। ए महामन्त्रीहरू तिमीहरू अर्काको आलोचना गरेर स्थापित हुने भनेर खुइल्याउन लागेका छौं।’
उनले पार्टीका सबै नेतालाई खुइल्याएर २०८४ को चुनावमा मुख्यसचिव र सचिवको नेतृत्वमा चुनाव लड्न जाने हो भन्ने प्रश्न पनि गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी ट्रेड युनियन महासंघ महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार
-
१० बजे १० समाचार : राप्रपामा स्वतः पद जाने निर्णयदेखि गुणाकरलाई गभर्नरमा रोक्ने प्रयाससम्म