विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ब्रेन एनुरिजमको जटिल सर्जरी
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको टाउकोको नसा फुटेको जटिल शल्यक्रिया माइक्रोसर्जरी माध्यमबाट सफलतापूर्वक सम्पन्न गरिएको छ ।
उक्त सर्जरी न्युरो विभागका प्रमुख एवं वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । वरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्लेका अनुसार ब्रेन एन्युरिज्म क्लिपिङ एक प्रकारको माइक्रोसर्जरी हो जसमा सर्जिकल क्लिप मस्तिष्कमा धमनी विस्फार बन्द गर्न प्रयोग गरिन्छ ।
शल्यचिकित्सकले बिरामीको दिमागमा पुग्नको लागि टाउकोमा सानो प्वाल बनाउँछ । यसरी माइक्रोस्कोप बाट सर्जरी गर्दा स्नायु, रक्त नली र मस्तिष्कको तन्तुलाई हानी नपुग्ने गरी माइक्रोसर्जरी गर्दा बिरामीलाई समेत छोटो समय अस्पताल बस्नु पर्ने र न्युरो सर्जन लाई पनि काम गर्न सजिलो हुने गर्दछ ।
टाउको भित्रको धमनी सुन्निने अवस्थालाई ‘एन्युरिज्म’ भनिन्छ । यस्तो अवस्थामा धमनीहरु फुटेका कारण सामान्यतया बिरामीहरू कोमामा जाने चिकित्सकहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई