फ्राइडे रिलिज : देशभर एक्लै ‘लुङा’

काठमाडौँ । आज शुक्रबारबाट एक मात्र फिल्म ‘लुङा’ रिलिज भएको छ । अन्य समय फिल्म रिलिजका लागि प्रतिस्पर्धा गर्ने निर्माता यो समय सेलाएको कारण ‘लुङा’लाई एकल प्रदर्शन अवसर मिलेको हो । यद्यपि फिल्मले देशभरका सबै हल भने पाएको छैन । गत साता रिलिज भएको फिल्म ‘बगान’ले पनि केही स्टेसन अझै ओगटेको छ ।
लिम्बु कल्चर विषयवस्तुमा उठाएको फिल्म किरण राईले निर्देशन गरेका हुन् । बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जङ्ग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको अभिनय फिल्ममा छ ।
ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्म भुमिसा प्रोडक्सनले निर्माण गरेको हो । फिल्मका निर्माता सञ्जीव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि आर साम्सोहाङ सहनिर्माता रहेका छन् ।
पूर्वका बिभिन्न स्थानमा छायांकन भएको फिल्ममा भुवन सिंह राइको कथा, भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाको पटकथा छ । फिल्मलाई काठमाडौँमा जिजिए ग्रूप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली
-
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ गते
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)