कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने
शुक्रबार, ०५ साउन २०८०, ०६ : २९

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।
बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका थिए । बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन् । बैठक भोलि सम्म सम्पन्न गर्ने तयारी रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भ्यू् टावरमा भएको लगानी उठाउन गाह्रै छ’
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
-
नेपालमा भ्यू टावर निर्माण : पर्यटकीय अवसर कि राज्य स्रोतको दुरुपयोग ?
-
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक
-
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
-
भुजी र दरमखोला पुल निर्माणमा लापरबाही