अवैध सुन प्रकरण
कोटेश्वर महादेवस्थानबाट कृष्ण श्रेष्ठ पक्राउ
बिहीबार, ०४ साउन २०८०, २२ : ०५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा थप १ जनालाई पक्राउ गरिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले कृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलसँगको समन्वयमा कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । कोटेश्वरस्थित महादेवस्थानबाट पक्राउ गरिएका श्रेष्ठको ठेगाना खुलेको छैन ।
यसअघि कोटेश्वरबाट नै विभागको टोलीले राजन श्रेष्ठलाई पक्राउ गरेको थियो । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुको संख्या १० जना पुगेको छ ।
श्रेष्ठ ट्रान्स ग्लोबल सर्भिसेस प्रालिका अध्यक्ष हुन् । यसअघि यसै कम्पनीका फाइनान्स डाइरेक्टर पुष्करराज भट्टलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
-
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
-
स्वास्थ्य बिमा बन्द हुन्छ भने जिम्मेवार को ?
-
राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार
-
नेपाली सेनाले विदेशीसँग कहिले र कहाँ–कहाँ युद्ध गर्यो ?
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?