बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पेसागत महासंघद्वारा मन्त्री बस्नेतको राजीनामा माग

बिहीबार, ०४ साउन २०८०, २० : ५८
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । पेसागत महासंघ नेपालले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । मन्त्री बस्नेतले आपत्तिजनक एवं आपराधिक खालका अभिव्यक्ति दिएको बताउँदै महासंघले उनले नैतिकताको आधारमा एक क्षण पनि मन्त्रीको पदमा बस्न नमिल्ने ठहर गरेको हो ।

बस्नेतले स्वास्थ्य सचिवलाई दायाँ बायाँ राखेर तपाईँहरूलाई डर लाग्छ भने ‘मेरो कोठामा झुण्डिन पठाइदिनु बरु डोरी मै दिउँला’ भनी आत्महत्या गर्न दुरुत्साहन गर्ने आपराधिक अभिव्यक्ति खेदजनक भएकोले महासंघ नेपालको प्रथम स्थायी बैठकले त्यसको भर्त्सना गरेको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी कर्मचारीहरूलाई समायोजनको बहानामा आफ्नो र पराई गरी विभिन्न अपायक ठाउँहरूमा सरुवा गर्ने, सरुवा भएर गएको ठाउँमा हाजिर गर्न नदिने, र कर्मचारीलाई निकाल्ने र कामको चाप देखाई नयाँ विज्ञापन गरी आफन्त, कार्यकर्तालाई करारमा भर्ती गर्ने कुण्ठित नियत देखिएको सचिव कमल पराजुलीले बताए ।

वर्तमान गठबन्धन सरकार निर्माण भएको ९ महिना बितिसक्दा अहिलेसम्म एउटा आर्थिक विधेयकबाहेक केही काम नभएको महासंघको भनाई छ । निजामती ऐन, शिक्षा ऐन तथा अन्य आवश्यक कामहरू त्यसै थाँती हुँदा पनि अत्यावश्यक कामहरू त्यसै बाँकी राखी सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफ्नो विभागीय मन्त्रालयका काम काज गर्ने, समस्याहरूको समाधान  गर्ने, आवश्यक निर्णयहरू लिनुको सट्टा साना साना कर्मचारीहरूमाथि पूर्वाग्राह राखेर दुःख दिने गरेको महासंघले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप