बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अवैध सुन बरामद प्रकरण

सुन तस्कर आशंका गरिएका चिनियाँको गोदाममा राजश्वको छापा

बिहीबार, ०४ साउन २०८०, २१ : ००
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । सुन तस्करको आशंका गरिएका चिनियाँ नागरिकको राजधानीस्थित गोदाममा राजश्व अनुसन्धान विभागको टेलीले छापा हानेको छ । 

चिनियाँ नागरिक  लिङ चुवानको बालुवाटारस्थित कार्यालयमा राजश्वको टोलीले छापा हानेको हो । उनको गोदाम समेत भनिएको उक्त कार्यालयलाई शिलबन्दी गरेर अनुसन्धान सुरु गरिएको राजश्वका एक उच्च अधिकृतले बताए । 

ती अधिकारीले १०० किलो सुन तस्करीमा चिनियाँ नागरिक लिङको संलग्नता आशंका गरिएको छ । 

चीन भाग्न लागेका लिङ चुवानलाई बिहीबार नै विमानस्थल अध्यागमनबाट पक्राउ गरिएको थियो ।  विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्वको पत्राचारका आधारमा उनलाई पक्राउ गरिएको बताए । 

‘चिनियाँ नागरिकबारे शंका लागेको हुनाले नियन्त्रण गरिदिन आग्रह भएको थियो’ महानिर्देशक अधिकारीले भने, ‘ती चिनियाँलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएका छौँ ।’ 

बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न प्रक्रिया थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप