नेपालमा विदेशी फिल्मको दबदबा
काठमाडौँ । नेपालमा विदेशी फिल्मको दबदबा देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका हलमा कुल १३५ फिल्म रिलिज हुँदा विदेशी फिल्मले धेरै कमाएका छन् ।
गत आर्थिक वर्षमा नेपालमा विदेशी फिल्ममात्र कुल ७८ वटा प्रदर्शनमा आएकामा ती फिल्मले ७९ करोड, ४३ लाख ४ हजार ७४८ रुपैयाँ ९ पैसा कमाएका छन् । *यसमध्ये ३३ प्रतिशत रकम विदेशीले लाने वितरक मनोज राठीले रातापाटीलाई बताए ।
यसैगरी गत आर्थिक वर्षमा ५७ वटा नेपाली फिल्म रिलिज भएका छन् । चलचित्र विकास बोर्डका अनुसार नेपाली फिल्म प्रदर्शनबाट ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ आम्दानी भएको छ ।
विकास बोर्डको बक्स अफिस कलेक्सन रिपोर्टअनुसार नेपाली फिल्मले भन्दा विदेशी फिल्मले धेरै कमाएका हुन् । त्यसमा हिन्दी फिल्म धेरै छन् ।
नेपालीतर्फ धेरै व्यवसाय गर्ने तीन फिल्ममा ‘छक्का पन्जा ४’, ‘जारी’ र ‘प्रेम गीत ३’ रहेका छन् ।
‘छक्का पन्जा ४’ ले १७ करोड ५२ लाखभन्दा बढी व्यवसाय गरेको छ ।
त्यस्तै दोस्रो सूचीमा आएको जारीले १७ करोड १७ लाख बढी कलेक्सन गरेको छ । यो सूचीको तेस्रो नम्बरमा प्रेम गीत ३ आएको छ । फिल्मले ७ करोड ७० लाख बढी कलेक्सन गरेको छ ।
त्यस्तै महापुरुष ७ करोड ३८ लाख र दुई नम्बरी ३ करोड ८४ लाख आम्दानी गर्दै चौथो र ५ औँ स्थानमा परेको छ । त्यस्तै फिल्म फूलबारीले ३ करोड ५३ लाख, झिँगेदाउले ३ करोड ४१ लाख, के घर के डेराले २ करोड ६५ लाख, प्रेम गीत ३ हिन्दीले २ करोड २७ लाख र प्रकाशले १ करोड ७५ लाख कमाएको छ ।
नेपालमा हिन्दी फिल्म पठानले सर्वाधिक कमाइ गरेको छ । सो फिल्मले गत आर्थिक वर्ष २०७९–०८० मा प्रदर्शनका क्रममा १३ करोडभन्दा बढी आम्दानी गरेको हो ।
यस्तै दोस्रो नम्बर अवतार: द वे अफ वाटरले आफ्नो स्थान सुनिश्चित गर्दा क्रमशः ब्रह्मास्त्र पार्ट वानः शिव, दृश्यम् २, उचाही, कन्तरा, किसी का भाइ किसीका जहान, ब्ल्याक पार्टनर, आदिपुरुष र लालसिंह चड्डा शीर्ष स्थानमा छन् ।
यसैगरी विवादित फिल्म आदिपुरुषले नेपालमा झण्डै दुई करोड रुपैयाँ कमाएको छ । अफिस रिपोर्ट अनुसार सो फिल्मले १ करोड ९९ लाख ७० हजार २९३ रुपैयाँ ३६ पैसा कमाएको हो । उक्त फिल्म नेपालमा जुन १६ २०२३ मा रिलिज भएको थियो ।
फिल्ममा प्रयोग गरिएका आपत्तिजनक संवादलाई लिएर सो फिल्मलाई काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहले प्रतिबन्ध नै लगाएका थिए ।
विवादका बीच सो फिल्मको प्रदर्शनकाे समयमा ५९ हजार ६५६ टिकट बिक्री भएको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।
*सच्याइएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार