पोर्नोग्राफी मुद्दामा फसेका थिए राज कुन्द्रा, अब बन्नेछ फिल्म ; आफैँ बन्नेछन् हिरो

शिल्पा शेट्टीका पिता तथा व्यापारी राज कुन्द्रा आफ्नो बलिउड डेब्युको तयारी गरिरहेका छन् । सन् २०२१ मा राज पोर्नोग्राफी मुद्दामा जेल जानुपरेको थियो । महिना दिनभन्दा बढी उनी आर्थर रोड जेलमा बसे । उनको जीवनको यो सबैभन्दा मुस्किल समय थियो । राज कुन्द्राले आफ्नो यो जीवनको कालो दिनबारे फिल्म बनाउने भारतीय सञ्चारमाध्यमले बताएको छ ।
राज कुन्द्रामाथि बन्नेछ फिल्म
पिंकभिलाको खबर अनुसार राज कुन्द्रा आफ्नो गिरफ्तारी र जेलमा बिताएको समयलाई फिल्ममार्फत पर्दामा उतार्दै छन् । स्रोतले भनेको छ, ‘सबैभन्दा भिडभाडयुक्त जेल आर्थर रोड जेलमा राज कुन्द्राले जुन मुस्किलको सामना गरे, ती सबैलाई फिल्ममा देखाइनेछ । निर्देशकको नाम खुलाइएको छैन । तर राज कुन्द्रा प्रोडक्सनदेखि स्क्रिप्टसम्म सबैमा समावेश हुनेछन् ।’
स्रोतले थपेको छ, ‘यो फिल्ममा राज कुन्द्राको पूरा यात्रालाई देखाइनेछ । उनीमाथि लागेको आरोपको पहिलो खबरदेखि मिडियाको रिपोर्टिङ, जेलमा बिताएको समय र घर फिर्तासम्मका सबै घटनाक्रम यो फिल्ममा हुनेछ । यो कहानी कुन्द्रा र उनको परिवारको दृष्टिकोणबाट हुनेछ ।’ यो फिल्मबारे छिटै नै घोषणा हुने बताइएको छ ।
सन् २०२१ मा पक्राउ परेका थिए
१९ जुलाई २०२१ मा राज कुन्द्रालाई पोर्नोग्राफी केसमा पक्राउ गरिएको थियो । उनले वयस्क फिल्म बनाउने र त्यसलाई ह्वाट्सएपमार्फत् बेच्ने गर्दथे । त्यसपछि यो घटनाले विभिन्न मोड दियो र उनलाई जेल सजाय पनि भयो । राज कुन्द्रा जेलमा ६३ दिन बसेका थिए । त्यसपछि उनले जमानत पाए र उनी घर फर्किए । राज सोसल मिडियाबाट टाढा छन् । यसका साथै, घरबाट बाहिर निस्कँदा उनी आफ्नो अनुहार छोप्ने गर्छन् ।
राज कुन्द्रा र शिल्पा शेट्टीले सन् २००९ मा विवाह गरेका थिए । यी दुईको सम्बन्ध र विवाहबारे धेरै नै चर्चा भयो । यी दुईका दुई सन्तान छन् । छोरा विआन र छोरी समिषा । शिल्पा र राजले छोरीको स्वागत सन् २०२० मा सरोगेसीको माध्यमले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाममा आतंकवादी हमला : राष्ट्रपति पौडेलद्वारा गहिरो दुःख व्यक्त
-
पहलगाममा आतंकवादी आक्रमण : साउदीको भ्रमण छोट्याएर भारत फर्किए मोदी
-
भारत प्रस्थान गर्नुअघि धवलले भने–मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन
-
सामुदायिक स्कुलका विद्यार्थी घरमै छन्, निजीका पढ्न जान थाले
-
केयूमा पहिलोपटक खेलकुद महोत्सव, देशैभरका क्याम्पसबाट पाँच हजार विद्यार्थी सहभागी
-
पूर्वप्रहरी महानिरीक्षक थापाको निधन