कांग्रेस बैठकमा समानुपातिक प्रणाली खारेजीको माग

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यक्रम बैठकमा समानुपातिक निर्वाचन प्रणाली खारेजीको आवाज उठेको छ । कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र केसीले समानुपातिक निर्वाचन प्रणाली स्थिर सरकारको बाधक भएको बताए ।
बैठकमा उनले भने, ‘गठबन्धनबाट चुनावमा जाँदा देशलाई स्थिर सरकार दिन्छौँ भनेका थियौँ । त्यसको परिणाम राम्रै आयो । तर ४० प्रतिशत समानुपातिक सांसद हुने व्यवस्था स्थिर सरकारका लागि बाधक छ ।’
सरकार निर्माणको तागत ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीमा रहेको केसीको भनाइ छ । ‘११० जना समानुपातिक सांसदलाई राष्ट्रिय सभामा व्यवस्थापन गर्न सकिन्छ । यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ ।’
यस्तै उनले पार्टी सदस्यता थप्नेभन्दा पनि गुणस्तरीय बनाउने कुरामा ध्यान दिनुपर्ने बताए । ‘८ लाख क्रियाशील सदस्यको घरबाट मात्र मत आउँदा हाम्रो समानुपातिकमा ३४ लाख मत आउनुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘तर हामीले २७ लाख मात्र मत पायौँ । त्यसैले सदस्यता बढाएर मात्र भोट बढ्छ भन्ने कुराबाट टाढा जानुपर्छ । सदस्यता गुणस्तरीय बनाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित