मणिपुरमा दुई महिलालाई निर्वस्त्र घुमाइयो, सामूहिक बलात्कारको आशङ्का
मणिपुर । हिंसाग्रस्त मणिपुरमा भीडले दुई जना महिलालाई निर्वस्त्र सडकमा घुमाएको घटना बाहिर आएको छ । घटना गत ४ मेमा राजधानी इम्फालबाट ३५ किलोमिटर टाढा कांगपोकपी जिल्लामा भएको थियो । घटना भिडियो भने बुधबार मात्र भाइरल बनेको थियो ।
भिडियोबारे टिप्पणी गर्दै सर्वोच्च अदालतले आफू चिन्तित भएको बताएको छ । साथै सरकारलाई यसबारे आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।
यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले १४० करोड भारतीयलाई लज्जास्पद बनाएको टिप्पणी गरेका छन् । उनले यस घटनाका दोषीलाई नछोडिने बताए । ‘मेरो हृदय आज पीडाले भरिएको छ, क्रोधले भरिएको छ । मणिपुरको घटना कुनै पनि सभ्य समाजका लागि लज्जास्पद घटना हो । पाप गर्ने कति जना थिए, को थिए, यो आफ्नो ठाउँमा छ । यसले पुरै देशको बेइज्जत भएको छ । १४० करोड भारतीयले लाजले मुख छोप्नुपरेको छ ।’
मणिपुरको प्रहरीले अपहरण, सामूहिक बलात्कार र हत्याको मामिला दर्ता गर्दै एक जना आरोपीलाई पक्राउ गरेको छ । बाँकीको खोजी जारी रहेको छ । मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले सबै आरोपीलाई मृत्युदण्डको सजाय दिने हर सम्भव प्रयास गर्ने बताएका छन् ।
मणिपुर प्रहरीका अनुसार भिडियोमा भिडले महिलामाथि आपत्तिजनक व्यवहार गरेको देखिएको छ । महिलाहरूले रुँदै गुहार मागिरहेको देखिएको छ । यसबारे नांगपोक सामकई प्रहरीमा उजुरी दर्ता भएको छ । घटनाबारे जाँच भइरहेको छ ।
४ मे को दिउँसो ३ बजे करिब ८ सयदेखि १ हजार मानिस कांगपोकपी जिल्लामा फिनोम पुगेका थिए । उनीहरूले घरहरू तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेका थिए ।
प्रहरीमा दर्ता गरिएको एफआईआरमा आक्रमणकारीमा मैतेई युवा संगठन, मैतेई लीपुन, कांगलेइपाक कनबा लुप, अरामबाई तेंगोल, विश्व मैतेई परिषद् र अनुसूचित जनजाति माग समिति रहेको बताइएको छ ।
आक्रमणकारीले महिलाहरूमाथि सामूहिक बलात्कार गरेको पनि बताइएको छ । एक युवकले आफ्नो दिदीलाई बचाउने प्रयास गर्दा उनको पनि हत्या गरेको एफआईआरमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म