एकसाता लाग्न सक्छ सुनको यकिन परिणाम आउन : टक्सार महाशाखा
_XoThdqr4Lu.jpg)
काठमाडौँ । राजश्व अनुसन्धान विभागले समातेको अवैध सुन नेपाल राष्ट्र बैंक मातहतको टक्सार महाशाखा पुगेको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले विभागबाट सुन आइपुगेको र थप अनुसन्धान अघि बढेको रातोपाटीलाई जानकारी दिए ।
उनले भने, ‘८ प्याकेट सुन आइसकेको छ । प्याकेटसहित जोख्दा कूल १५४ किलोग्राम भएको छ ।’ तर, यी प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन भने एक हप्तासम्म लाग्न सक्ने आचार्यले बताए ।
‘अहिले ‘ब्रेक प्याड’ सहित १५४ किलोग्राम भएको छ । यसलाई गालेर (पगालेर) जोख्नुपर्छ,’ आचार्यले रातोपाटीसँग भने, ‘सम्बन्धित निकायबाट सुन जोख्न ग्रीन सिग्नल आइसकेको छैन ।’ सुन जोख्न अनुमति आएपछि ब्रेक प्याडबाट सुन छुट्ट्याएर गालिने र त्यसपछि जोख्दा मात्रै यकिन परिणाम आउँछ ।
यो प्रक्रिया एक हप्तासम्म चल्न सक्ने आचार्यको भनाई छ । र, आजै सुनमाथि थप अनुसन्धान गर्न अनुमति आएर प्रक्रिया थालेमा एकहप्ता लाग्न सक्ने उनको भनाई छ । यद्यपि, यो अनुमानित मिति भएकाले योभन्दा छिटो वा ढिलो समेत हुनसक्ने उनले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा धुलोयुक्त तीव्र आँधी
-
जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय
-
सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल