एनआरएनए यूएई (नेपाल एसोसिएसन) को अध्यक्षमा विकास शाही सर्वसम्मत
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (नेपाल एसोसिएसन), यूएईको अध्यक्षमा विकास शाही निर्विरोध चयन भएका छन् । निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार वर्तमान उपाध्यक्ष शाही २०२३–०२५ कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।
तर एक पक्षले भने निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै समग्र प्रक्रिया नै बहिस्कार गरेको छ । बहिस्कारका बीच निर्वाचन समितिले भने अन्तिम सूची प्रकाशित गर्दै सबै उम्मेदवार सर्वसम्मत निर्वाचित भएको जनाउ दिएको हो।
अन्तिम नामावलीअनुसार शाहीको मात्रै उम्मेदवारी कायम भएको निर्वाचन समितिका संयोजक रमेश श्रेष्ठले जानकारी दिए । यस्तै अन्य पदमा पनि चाहिने जतिमात्रै सङ्ख्यामा उम्मेदवारी परेपछि सबै सर्वसम्मत भएका छन् ।
जसअनुसार उपाध्यक्षमा मनोज कुमार सैजु, सोनाम श्रेष्ठ, भीम मल्ल, फणिन्द्र ढकाल, शम्भु कुमार वाइबा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा भुवन कुमार वाग्ले सर्वसम्मत बनेका छन् ।
यसैगरी सचिवमा नवराज श्रेष्ठ, जीवन सिंह ठकुरी, विनोद बस्नेत, अरुण अधिकारी, कुमार श्रेष्ठको नाम अन्तिम सूचीमा समेटिँदा कोषाध्यक्षमा प्रकाश थापा चयन बनेका छन् ।
यसैगरी महिला संयोजकमा मञ्जु उचाइ, युवा संयोजकमा अपिल भट्टराई र सहकोषाध्यक्षमा नवराज ढुङ्गाना चयन भएका छन् ।
यसैगरी ११ जनाको सदस्य र ४ जनाको आईसीसी सदस्य पदमा उम्मेदवारी कायम भएको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले एक दिनमै ६४ करोड मत गनेपछि एलन मस्कको यस्तो प्रतिक्रिया
-
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
-
शुक्रबारबाट रिलिज ‘तेल भिसा’ र ‘अग्निदहन’को व्यवसाय कस्तो ?
-
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
-
धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता सम्पन्न
-
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए