उपसभापति खड्कालाई शाहको प्रश्न : उपगुटको शिकार कहिलेसम्म हुनुपर्ने हो ?

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले कर्णाली प्रदेशको दलको नेतामा प्रतिस्पर्धा गर्ने चाहना राख्दा उपगुटको शिकार हुनुपरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा पदाधिकारीले बनाउने गुटको कार्यकर्ता शिकार हुनुपरेको सांस्थापन पक्ष निकट शाहले बताए ।
उपसभापति पूर्णबहादुर खड्काप्रति लक्षित गर्दै उनले भने, ‘त्यसको प्रत्यक्ष शिकार म पनि भएको छु । कर्णाली प्रदेशसभामा मैले संसदीय दलको नेता प्रतिस्पर्धाको आकांक्षा राखेको थिएँ । तर दिइएन किन ?’
लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा गर्छु भनेर चाहना राख्नु अपराध थियो भन्दै प्रश्न शाहले गरे । ‘त्यही चाहना राखेको आधारमा उपगुटको शिकार हुनुपर्ने ? हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौं ?,’ उनको प्रश्न छ, ‘मैले दलको नेता लड्छ भन्दा नेताहरुबाट मैले के के सजाय पाउनुपर्ने हो ? कांग्रेसको जिम्मेवार नेताबाट यो कहिलेसम्म सहनुपर्ने हो ?’
उपसभापति खड्काको जोडबलमा कांग्रेस कर्णाली प्रदेश दलको नेता जीवनबहादुर शाहीलाई सर्वसम्मत बनाइएको थियो ।
शाहले केन्द्रीय सदस्य प्रदेश र जिल्लामा जाँदा के हैसियत हुन्छ भनेर बैठकमा सोधेका थिए । ‘हामीले प्रदेश सभापतिलाई यहाँ राम्रै स्थान दिएका छौं । प्रदेश र जिल्लामा जाँदा केन्द्रीय सदस्यले के स्थान पाउछु ?’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’