गगन थापालाई सुरेन्द्र पाण्डेको जवाफ– देउवा डुबे तपाईँ पनि डुब्नुहुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको बताएका छन् । केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बिहीबार पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘हाम्रो विधानले सभापति र संसदीय दलको नेता हटाउने व्यवस्था गरेको छ । विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन । त्यो कुन समय र कुन बेला गर्ने हो गरौं ? त्यसमा पाइन्छ । तर, गर्ने कुरालाई भनेर मात्र अतिरञ्जित नगरौं ,’ उनले भने । दलको नेता परिवर्तन सम्भव नभए पार्टीबारे नकारात्मक भ्रम फैलिने गरी अतिरञ्जित कुरा नगर्न उनको आग्रह छ ।
‘कांग्रेस एउटै हो । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ । सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं,’ पाण्डेले भने, ‘यसलाई पार लाउन हामीलाई चुनौती छ । हामीले सामूहिक रुपमा नै पार लगाउने हो ।’ यस्तै उनले महामन्त्रीको कार्यतालिका कार्यान्वयन कसले गर्ने हो भन्दै प्रश्न उठाएका छन् । ‘महामन्त्रीको कार्यतालिका राम्रो छ । तर यसको कार्यान्वयन कस्ले गर्छ ?,’ उनको प्रश्न छ, ‘त्यसको टुंगो त्यो कार्यसमितिले गर्नुपर्छ । यो कार्यक्रम लागू गर्ने सभापति हो वा, पदाधिकारी हो वा, कार्यालय हो वा हामीप्रति केन्द्रीय सदस्यको छुट्टाछुट्टै जिम्मेवारी हो ? त्यो पनि प्रस्टताका साथ तोकिनुपर्छ ।’
प्रस्तुत गरेका कार्यक्रम लागू गर्नुपर्ने भन्दै लागू नभएको दोष अरुलाई पन्छाउने प्रवृति अन्त्य हुनैपर्ने पाण्डेले बताए । ‘कार्यक्रम प्रस्तावित हुन्छन् । भएका जे भन्छौं हामीले गरेका छौं । नभएका जति हामी भन्छौं सभापतिले गर्नु भएको छैन भनिन्छ,’ उनले भने । यस्तै उनले पुराना पार्टीले केही गर्न सकेनन् भन्ने भाष्य चिर्न नेताहरु नलागेको पाण्डेको भनाइ छ ।
‘हाम्रा साथीहरु यसलाई क्रस गरेर अगाडि बढेको देखिनँ । २०४८ सालपछि गरेका कामको प्रचार गरौं । महामन्त्रीको प्रस्तावमा प्रशिक्षणको कार्यक्रम अगाडि सार्नुपर्छ ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा
-
अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
इटालियन सिरी’एमा एएस रोमाकोे शानदार जित