सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा एफपीओ जारी गर्न लागेको छ ।
जसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकमा नियुक्तको लागि भएको सम्झौतामा सूर्योदय वोमी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेको हुन् ।
लघुवित्तले ११ औं वार्षिक साधारणसभाले निर्णय गरेअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर यस कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तमा हाल संस्थापक सेयरको हिस्सा ७०.३ प्रतिशत ६ र सर्वसाधारणको सेयर स्वामित्व २९.६४ प्रतिशत छ । लघुवित्तले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पुर्याउनको लागि एफपीओ जारी गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू
-
अमेरिकाले विदेश सहायता काट्दा किन खुसी भयो इरान ?
-
‘एक्टरः टेक वन’ हेरेपछि पूर्वमन्त्री झाँक्री : हाम्रो अदालत प्रोएक्टिभ छ
-
धनगढीमा श्रीमदभागवत सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन