उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने कुशवाहालाई जनमतले चलायो कारबाहीको डण्डा

काठमाडौँ । जनमत पार्टीले पार्टीको नीति नियम अनुसार नचलेको आरोपमा पाँच नेतालाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा उपनिर्वाचनमा उपेन्द्र यादवविरुद्ध लडेका शिवचन्द्र कुशवाह पनि रहेका छन् । कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । संसदीय निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार समेत रहेका कुशवाह उपनिर्वाचनकाे मुखमा जनमत पार्टी प्रवेश गरेका थिए ।
त्यस्तै सप्तरीका जनमत पार्टीका पुराना नेता गुलाब मण्डल मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरेको छ ।
कारबाहीमा परेका शङ्कर खड्का जनमत पार्टीका स्थानीय कार्यकर्ता थिए । उनले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पनि एक वर्षका लागि पार्टीको सदस्यबाट निलम्बन गरिएको छ ।
सचिवालय सदस्य समेत रहेका भोपेन्द्र यादव (रुपन्देही)ले पार्टीको केन्द्रीय निर्देशन उल्लङ्घन गरेको र गर्न लगाएको तथा पार्टीभित्र गुटबन्दी गरेको भन्दै उनलाई केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरेको छ भने कपिलवस्तुका भगवान् दास यादवलाई पनि पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरेको छ । उनले पार्टीको बैठकहरू र कामकारबाहीको क्रममा हो हल्ला गर्दै अनुशासनहीनताको काम पटक पटक गरेको भन्दै उनलाई कारबाही गरिएको जनमतले जनाएको छ ।
अनुशासन समितिका प्रमुख दीपकुमार साहले पार्टीको विधान, नियम, नीति तथा निर्देश विपरीत जाने छुट कसैलाई नरहेको बताए ।
छानबिन समितिले दिएको प्रतिवेदन र गरेको सिफारिसका आधारमा उनीहरूलाई कारबाही गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल