कांग्रेस केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने
बिहीबार, ०४ साउन २०८०, ०७ : २०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । ललितपुरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ ।
गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको थियो। हिजो आमन्त्रित जिल्ला सभापतिहरूसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरूले धारणा राखेका थिए ।
हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह