बरामद सुन थप अनुसन्धान गर्न केन्द्रीय बैंक पठाउने तयारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन राजश्व अनुसन्धान विभाग हरिहरभवनमा जोखेर राष्ट्र बैंककाे टक्सार माहाशाखामा पठाउने तयारी गरिएको छ । हङकङबाट ल्याइएको करिब एक क्विन्टल हाराहारीमा अवैध सुन राजश्व अनुसन्धान विभागको टोलीले बुधवार बरामद गरेको थियो ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अधिकृत तोकेर तस्करीको सुनको अनुसन्धान अघि बढाइने बताए । ढुंगानाले भने, ‘अहिले अनुसन्धानकै क्रममा छ, थप अनुसन्धान गर्न अधिकृत तोकिन्छ ।’ सुनबारे थप अनुसन्धान गर्न केन्द्रीय बैंक पठाउने तयारी भैरहेको उनको भनाई छ ।
उनले अहिलेसम्म नेपाल राष्ट्र बैंकमा नपठाइएको र आवश्यक प्रक्रिया पुर्याएर पठाउने तयारी भैरहेको जानकारी दिए । समातिएको सुन केन्द्रीय बैंकको टक्सार माहाशाखामा पठाउने गरिन्छ । त्यहाँ सुनमा रहेको मिसावट र शुद्धताबारे अनुसन्धान गर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल