रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार
आज २०८० साउन ३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
सिनामंगलमा शङ्कास्पद वस्तु
काठमाडौँको सिनामंगलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरेको छ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो । शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जानकारी दिएको छ । शङ्कास्पद बस्तु राखेको आरोपमा प्रहरीले एक युवक पक्राउ गरेको छ ।
कांग्रेस बैठकको दोस्रो दिन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । मंगलबार बैठकको एजेण्डा र विभिन्न प्रतिवेदन पेस भएकोमा आज बुधबार ४६ जना नेताले आआफ्नो धारणा राखेका छन् । दोस्रो दिनको बैठकको सुरुमा प्रदेश सभापति र प्रदेश संसदीय दलका नेताहरुलाई बोल्ने समय दिइएको थियो । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभापतिले आआफ्नो धारणा राखेका थिए भने बैठकमा कोशी प्रदेश सभापतिको सहभागिता थिएन ।
नेपालको बिजोग
सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट हेनले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो ।
राजदूतहरूको संसदीय सुनवाइ
सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका छ जना राजदूतहरूको संसदीय सुनवाइ प्रक्रिया सुरु भएको छ ।
बुढीगण्डकी जलविद्युत आयोजना
दशकौँदेखि अन्यौलताको भुमरीमा परेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना बनाउने प्रक्रिया अघि बढेको छ । सरकारले बुढीगण्डकी जलविद्युत कम्पनीको स्थापना गरेरै आयोजना अघि बढाएको हो ।
विवादास्पद दफा ६४
‘सडकको किनारमा मान्छेको हत्या हुन्छ, मान्छेलाई मारिन्छ, त्यसपछि त्यहाँ राजनीतिक पर्चा छोडिन्छ र त्यहाँ क्रान्तिका लागि भनेर लेखिन्छ । अनि त्यो पर्चाका आधारमा सरकारले ओहो यिनीहरू त राजनीतिक दलहरू हुन भनेर उन्मुक्ति दिन्छ । यदि भोली यो परम्परा यो देशमा बस्यो भने यही संसद्मा हामी माननीयको जीवन रहन्छ कि रहँदैन ?’
इटालीमा प्रधानमन्त्रीको कार्यक्रम
प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा २४ देखि २६ जुलाई (साउन ८–१०) सम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
न्यायाधीशको पद रिक्त
न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा सर्वोच्च अदालतमा उमेर हदका कारण कुनै न्यायाधीश अवकाशमा गई न्यायाधीशको पद रिक्त रहने अवस्था भएमा रिक्त हुने समयभन्दा एक महिना अगावै सिफारिस गर्ने कानुनी व्यवस्था छ । न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा ‘नियुक्तिका लागि सिफारिस गर्ने अवधि’ बारे उल्लेख छ ।
सेनाको रूपान्तरण
सांसदद्वय डा. स्वर्णिम वाग्ले र विमला राई पौड्यालले ‘सेनाको आकार घटाउनुपर्छ’ भनेर दिएको अभिव्यक्ति यतिबेला विवादमा तानिएको छ ।
हाई ब्लड प्रेसर
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अनुसार विश्वमा प्रत्येक वर्ष नसर्ने रोगका कारण करिब ६ करोड मानिसको मृत्यु हुन्छ । नसर्ने रोगमध्ये अकालमा ज्यान जाने प्रमुख कारण ‘हाइ ब्लड प्रेसर’ अर्थात् उच्च रक्तचाप एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म