बास्केटबल प्रतियोगितामा मनास्लु च्याम्पियन

काठमाडौँ । आयोजक मनास्लु वल्र्ड कलेजले तेस्रो मनास्लु एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले पराजित ग¥यो । मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गरे । मनास्लुकै तुसार महर्जनले ६ तथा कोशिस भुजेलले ४ अंक जोडे । सेमिफाइनलमा मनास्लुले आईएसए नेपाल तथा युजेएले आदिम कलेजलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
उपाधिसँगै मनास्लुले १५ हजार नगद पुरस्कार हात पा¥यो भने युजेएले ७ हजार नगद पुरस्कार पायो । विजेता र उपविजेता टोलीका सदस्यले नगद पुरस्कारसहित छात्रवृत्ति पनि पाउने छन् । मनास्लुका तुसार महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । तुसारले पनि छात्रवृत्ति प्रदान गरिने छ ।
विजेतालाई मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने लिग कम नकआउट प्रतियोगितामा १६ छात्र टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म