सुशीला थिङको प्रश्न : कार्यसम्पादन र पदाधिकारी बैठक लाइभ हुन्छ कि हुन्न ?
बुधबार, ०३ साउन २०८०, १७ : ५२

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुशीला थिङले पार्टीका महत्वपूर्ण निर्णय केन्द्रीय समितिभन्दा बाहिरबाट हुने गरेको बताएकी छन् ।
केन्द्रीय कार्यसम्पादन र अझै महत्वपूर्ण विषय छन् भने पदाधिकारी बैठकबाट निर्णय हुने गरेको उनले बताइन्।
बुधबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भनिन्-‘म केन्द्रीय सदस्य हुँ। मलाई सि क्लासको केन्द्रीय सदस्य हुँ कि जस्तो लाग्छ। किनकी महत्वपूर्ण निर्णय कार्यसम्पादन र पदाधिकारी बैठकबाट गरिन्छ।’
केन्द्रीय समितिबाट निर्णय नभएकोमा थिङले प्रश्न उठाएकी हुन् । उनले पार्टी सभापतिलाई गाली गर्दैमा कांग्रेसको संगठन बलियो नहुने पनि बताइन्।
संसदीय दलको नेता फेर्ने हल्ला भइरहेको भन्दै त्यो अलोकतान्त्रिक हुने बताइन्। उनले कार्यसम्पादन र पदाधिकारी बैठक पनि लाइभ हुन्छ कि हुन्न भन्ने प्रश्नसमेत उठाएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ