फिल्म हिट भएपछि व्यस्त मिरुना

काठमाडौंँ । पछिल्लो समय हिट छिन् अभिनेत्री मिरुना मगर । फिल्म ‘कबड्डी ४’ र ‘जारी’ हिट भएपछि उनको ब्यस्तता समेत बढेको छ । अहिले उनलाई धमाधम नयाँ फिल्म हात परिरहेका छन् ।
जसको श्रेय ‘कबड्डी ४’ र ‘जारी’ लाई नै जान्छ । ‘लालपूर्जा’ बाट अभिनयमा डेब्यू गरेकी उनले त्यसपछि रोज, साइनो र चच हुई अभिनय गरिन् । सबै फिल्म फ्लप हुँदा उनको करियरमा नराम्रोसँग धक्का लाग्न पुग्यो ।
कतै फिल्मबाट पलायन पो हुनुपर्ने त होइन भन्ने डरका बीच ‘कबड्डी ४’ ले भने उनका लागि सफलताको खाता खोल्यो । त्यसपछि जारीको सफलताले उनी सबैको प्रशंसाको पात्र बनिन् ।
अहिले उनको हातमा फिल्मका ताती छन् । अघिल्लो महिना फिल्म ‘नाङ्गो गाउँ’ को छायांकन पूरा गरेकी उनी अब ‘ऊनको स्विटर’ छायांकन तयारीमा छिन् ।
त्यसपछि ‘एन्जिला’ छायांकन सेडुल बनाएकी उनीसँग अझै केही फिल्म छ । जसको सेडुल मिलाउन उनी लागि परेकी छन् । रोचक कुरा चाहिँ के छ भने अभिनेता दयाहाङ राईसँग फिल्म ‘कबड्डी ४’ र ‘जारी’ अभिनयपछि हिट हुन पाएकी उनीसँग अहिले जति पनि फिल्म छन् ।
सबैमा हिरो दयाहाङ छन् । त्यसैले दयाहाङ उनका लागि लक्कि हिरो समेत साबित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
-
अमेरिका र युक्रेनबिच प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर
-
प्रतिष्ठाको लडाइँमा रहेको राजस्थानलाई हराउँदै पहिलो स्थानमा उक्लने धुनमा मुम्बई
-
युजवेन्द्रले ह्याट्रिक लिँदा बनेका रेकर्ड
-
पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न
-
श्रमिक वर्गले परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छन् : पूर्वप्रधानमन्त्री खनाल