दराज महाबचत योजनाका लागि सानिमा बैंकको सहकार्य
काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजँंग “दराज महाबचत योजनामा” विशेष छुट दिने सहकार्य गरेको छ ।
यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सकिनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु. १,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्ने बैंकले जनाएको छ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ ।
अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने भिडियो सहितको प्रकृया सानिमा बैंकको आधिकारिक युट्युब च्यानलमा राखिएको छ । यो योजना श्रावण ४ देखि श्रावण १४ गतेसम्म ११ दिनका लागि लागू हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको ६४ किलो केक नष्ट
-
अध्यक्ष प्रचण्ड खबरदारी सभामा सहभागी हुन म्याग्दी जाँदै
-
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक
-
नेपाल चेम्बर अफ कमर्स एक्सपोमा कजारिया टाइल्स
-
सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री सिंह
-
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन