बुढीगण्डकी आयोजना हर हालतमा अघि बढाउने प्रधानमन्त्री प्रचण्डको बाचा
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनालाई हर हालतमा अघि बढाउने बताएका छन् । आज गोरखाकाे सिउरेनिटारमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आयोजना हरहालतमा अघि बढाउने बाचा गरेका हुन् ।
गोरखा र धादिंग जिल्लाको बीचबाट बग्ने बुढीगण्डकी नदीमा २६३ मिटर अग्लो ड्याम बनाइ १२ सय मेगावाट बिजुली निकालिने योजना छ। पावर हाउस गोरखा जिल्लाको सिउरिनेटारमा रहने छ।
प्रधानमन्त्री प्रचण्डले निर्वाचनका बेला आयोजना अघि बढाउन गरेको बाचाकाे समेत स्मरण गरे । यसको काम सेलाउने चिन्ता सबैतिर देखिएको सुनाउँदै उनले अब हरहालतमा आयोजना नरोकिने बताए ।
यसका लागि हिजो सबै मन्त्रीहरूसँग बैठक गरेको र अब आयोजनाको विकास नरोकिने प्रधानमन्त्रीको भनाइ थियो । ‘निर्माण प्रक्रियामा सहभागी हुन म आफैँ आउँछु,’ उनले भने, ‘अब छिट्टै त्यो दिन आउँछ।’
प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी विकास प्राधिकरण बनाउने विषयमा आफ्नो विमति नरहेको बताए । तर प्राधिकरण बनाएपछि आउने अवस्थाको बारेमा सोच्नुपर्ने दाहालको भनाई छ । प्राधिकरण बनाउँदा थप ४ वर्ष घर्किने भएकाले कम्पनीमार्फत नै अघि बढ्ने निर्णय गरेको उनको भनाई छ ।
‘यो आयोजना त्यति सहज र नाफामूलक होइन । तर बहुउद्देश्यीय र व्यावसायिक सम्भावनाको आयोजना भएकोले निर्माण अघि बढाउन सकिन्छ,’ दाहालले भने, ‘यो आयोजनाले देशको आर्थिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’
आफ्नो नेतृत्वको सरकारको मुख्य लक्ष्य नै देशभित्रै बिजुलीको खपत गर्ने योजना रहेको प्रचण्डको भनाई छ ।
फिल्ड कार्यलयको स्थापना गरेपछि आयोजनाको काम तिव्र गतिमा अघि बढ्ने बताउँदै उनले भने, ‘यो देशको सबैभन्दा धेरै बिजुली उत्पादन गर्ने आयोजना हो । यस्तै, रोजगारी, पर्यटन, माछापालन लगायतका अनगिन्ती सम्भावना बुढीगण्डकीले बोकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति