शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल समाजवादी विद्यार्थीको सिंहदरबार अगाडी प्रदर्शन
बुधबार, ०३ साउन २०८०, १३ : ५३

काठमाडौँ । सङ्घीय शिक्षा ऐन जारी गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेट बाहिर नेपाल समाजवादी विद्यार्थी युनियनले प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । २०२८ सालको शिक्षा ऐन कहिलेसम्म ? यो शिक्षा ऐन खारेज गरी तत्काल नयाँ शिक्षा ऐन जारी गर भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको विद्यार्थी सङ्गठनले आज सिंहदरबार अगाडी साङ्केतिक विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरू नेत्र चापागाईँ र सरोज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, सङ्घीय शिक्षा ऐन जारी गर्न, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्न र सीटीईभीटीको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त