गाउँमा भन्दा सहरमा बस्नेहरूको किन बढी हुन्छ ‘हाई ब्लड प्रेसर’ ?
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अनुसार विश्वमा प्रत्येक वर्ष नसर्ने रोगका कारण करिब ६ करोड मानिसको मृत्यु हुन्छ । नसर्ने रोगमध्ये अकालमा ज्यान जाने प्रमुख कारण ‘हाइ ब्लड प्रेसर’ अर्थात् उच्च रक्तचाप एक हो ।
उच्च रक्तचापका कारण हृदयघातले मृत्यु हुनेमध्ये ४५ प्रतिशत उच्च रक्तचाप र पक्षाघातबाट हुने ५१ प्रतिशत मृत्युको पनि उच्च रक्तचाप नै भएको अध्ययनले देखाएको छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ का अनुसार ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा बढी उच्च रक्तचापका रहेको पाइएको छ । सहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा तथा ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ ।
सहरी क्षेत्रका र ग्रामीण क्षेत्रका महिलामा भने उच्च रक्तचाप हुने दर १ प्रतिशत मात्र फरक छ । सहरी क्षेत्रका १८ प्रतिशत र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलामा उच्च रक्तचाप भएको पाइएको छ ।
कोशी प्रदेशमा उच्च रक्तचाप सबैभन्दा बढी महिलामा २५ प्रतिशत र पुरुषमा २७ प्रतिशत रहेको पाइयो । यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा क्रमशः १२ प्रतिशत महिलामा र १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको पाइयो ।
अध्ययनका क्रममा समग्रमा नेपालमा १५ वर्ष वा सोभन्दा माथि उमेरका ८० प्रतिशत महिला र ७२ प्रतिशत पुरुषको रक्तचाप कुनै न कुनै समयमा कुनै एक स्वास्थ्य कार्यकर्ताद्वारा मापन गरिएको थियो ।
१३ प्रतिशत महिला र १५ प्रतिशत पुरुषहरूलाई स्वास्थ्यकर्मीले पहिल्यै उच्च रक्तचाप छ भनेर भनिएको थियो । उच्च रक्तचाप भएको बताइएकाहरू मध्ये ५९ प्रतिशत महिला र ५५ प्रतिशत पुरुषलाई रक्तचाप नियन्त्रण गर्ने औषधि सिफारिस गरिएको थियो ।
अध्ययनका क्रममा समग्रमा ४७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुषले आफ्नो रक्तचाप नियन्त्रण गर्न औषधि सेवन गरिरहेको पाइएको छ ।
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा.रिजु मानन्धर ग्रामीण भेगको तुलनामा सहरमा आलस्य जीवन, जङ्कफुड र तनावपूर्ण जिन्दगी हुँदा रगतको नली बिस्तारै कडा भएर जाने भएकाले उच्च रक्तचाप बढ्दै जाने बताए ।
मानन्धर भन्छन्, ‘ग्रामीण भेगमा काम गर्ने क्रममा शारीरिक अभ्याससँगै हरेक दिनको खानपानमा पनि शहरको तुलनामा स्वस्थ खानपान र जीवनशैली दैनिक क्रियाकलाप स्वस्थ्य हुन्छ ।’
रक्तचापको स्थिति
उच्च रक्तचाप उमेरसँगै बढ्दै गएको गएको पाइएको छ । ७० वर्ष र सो भन्दा माथिका महिलाहरूमा ५२ प्रतिशत र ६५ वर्ष तथा सो भन्दा माथिका पुरुषहरूमा ४५ प्रतिशत सबैभन्दा बढी उच्च रक्तचाप रहेको छ ।
यस्तै, उच्च रक्तचाप ५५ देखि ५९ वर्षको उमेरसम्म महिलाहरूको तुलनामा पुरुषहरूमा बढी रहेको छ । त्यसपछि भने उच्च रक्तचाप महिलाहरूमा पुरुषहरू भन्दा सामान्यतया बढी रहेको सर्वेक्षणले देखाएको छ ।
उच्च रक्तचाप भएकामध्ये १९ प्रतिशत महिला र १७ प्रतिशत पुरुषहरूले उच्च रक्तचाप नियन्त्रण गरेका छन् । अर्थात क्द्यए ज्ञद्धण् भन्दा कम र म्द्यए ढण् mmज्न भन्दा कम छ र उच्च रक्तचापको औषधि खाँदै गरेको पाइएको छ ।
नेपालमा १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ । एक औसत सिस्टोलिक रक्तचाप क्द्यए ज्ञद्धण् mmज्न् वा सो भन्दा माथिको स्तर, औसत मष्बकतयष्अि रक्तचाप म्द्यए ढण् mmज्न् वा सो भन्दा माथि वा हाल उनीहरु उच्च रक्तचापको औषधि लिँदैछन् ।
प्रेसर नाप्ने बानी बसालौँ
उच्च रक्तचाप सामान्यतया ४० वर्ष कटेपछि देखिन्छ भनिए पनि पछिल्लो समय १५ वर्षको उमेरदेखि नै देखिन थालेको सर्वेक्षणले देखाएको छ ।
एक पटक रक्तचाप उच्च देखिँदैमा उच्च रक्तचाप भन्न नमिल्ने उनले बताए । कम्तीमा तीन पटक नाप्दा उच्च रक्तचाप देखिएमा मात्रै उच्च रक्तचाप भएको निश्चित गर्न सकिन्छ ।
स्वस्थ मानिसको औसत रक्तचाप १२०–८० एमएमएचजी हुन्छ । बढेर १४०–९० एमएमएचजी भए उच्च रक्तचाप भएको मान्नुपर्छ ।
नेपालमा सामान्यता बिरामी र विदेश जाने बेलामा मेडिकल टेष्ट गर्दा मात्रै ब्लड प्रेसर नाप्ने चलन छ । प्रायःले आवश्यक परेर नाप्दा मात्र उच्च रक्तचाप बढेको थाहा पाउँछन् । विस्तारै उच्च रक्तचाप बढ्ने भएकाले धेरैलाई थाहा नहुने उनले बताए । विना लक्षण पनि उच्च रक्तचाप हुन सक्ने भएकाले समय समयमा जाँच गर्न डा मानन्धरको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त
-
यू–१९ महिला मैत्रीपूर्ण फुटबल : घरेलु मैदानमा भुटानसँग बराबरीमा रोकियो नेपाल
-
छोरालाई होमवर्क गराइरहँदा हृदयघात भएपछि...
-
पोखरामा यःमरी मेला हुने
-
योनेक्स सनराइज अन्तर्राष्ट्रिय च्यालेन्ज सोमबारदेखि
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको घटनाबारे प्रहरीले थाल्यो छानविन