प्राइम कमर्सियल बैंकको साढे १३ लाख बढी कित्ता सेयर बिक्रीमा
बुधबार, ०३ साउन २०८०, १३ : ३८
काठमाडौँ । प्राइम कमर्सियल बैंकको साढे १३ लाख भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
प्राइम बैंकको संस्थापक समूहको १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। यसर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन।
खरिद आवेदन काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा दिनुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १७ गतेसम्म तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले