गर्भनिरोधक औषधी खानुका फाइदा र हानी
अमेरिकामा अब महिला डाक्टरको पर्चा बिना गर्भनिरोधक औषधी खान सक्छन् । यसबारे अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले घोषणा गरेको छ । गर्भनिरोधक औषधी ओपिल हरेक उमेरका महिलाले प्रयोग गर्न सक्ने एफडीएले बताएको छ ।
ओपिलका अनुसार सन् २०२४ को सुरुवातमा फार्मेसीको पसलमा उनीहरूको औषधी पाइनेछ । अमेरिकासमेत विश्वका सय देशमा यो औषधी पसलमा उपलब्ध हुनेछ ।
अमेरिकामा महिला विशेषज्ञका अनुसार गर्भ निरोधकको यो औषधीको विषयमा महिला विशेष गरी किशोरीमा लाज र हिचकिचाहट हुन्थ्यो तर अहिले अवस्था यस्तो छैन । साथै, प्रजननसँग सम्बन्धित स्वास्थ्य सेवा लिन उनीहरूलाई जुन समस्या हुन्थ्यो, त्यसमा पनि मद्दत मिल्नेछ ।
नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित जानकारी अनुसार चिकित्साको इतिहासमा हजारौँ औषधिको विकास भएको थियो तर सन् १९५० मा गर्भ निरोधक औषधिको विकास भएपछि ठुलो परिवर्तन भएको थियो ।
यसमा लेखिएको जानकारी अनुसार यसले महिलालाई स्वतन्त्रता मात्र दिएको छैन, प्रजननमा पनि स्वायत्तता दिएको छ ।
गर्भनिरोधकको प्रभाव
एक थरी गर्भनिरोधक औषधीमा एस्ट्रोजन र प्रोजेस्ट्रोन दुवै हुन्छ जसलाई सिओसी पनि भनिन्छ । यस्तै अर्को थरीमा प्रोजेस्ट्रोन मात्रै हुन्छ, जसलाई पिओपी भनिन्छ ।
डाक्टरका अनुसार गर्भनिरोधक लिँदा कुनै ठुलो साइड इफेक्ट हुँदैन तर सीओसी र पीओपी लिँदा महिलाको शरीरमा केही असर अवश्य हुन्छ ।
डाक्टरका अनुसार जुन औषधीमा एस्ट्रोजन हर्मोन हुन्छ त्यसले ती महिलालाई मद्दत गर्छ जसलाई रगत जम्ने समस्या छ, मुटु रोग छ र रक्तचाप उच्च रहन्छ ।
जुन औषधीमा प्रोजेस्ट्रोन हुन्छ, त्यो प्रयोग गर्ने महिलालाई वाकवाकी लाग्ने, टाउको दुख्ने, अनियमित महिनावारी र रिँगटा लाग्नेजस्ता समस्या हुन सक्छन् ।
यस्ता औषधी दिनुभन्दा अघि कुनै महिलामा मिर्गौला, कलेजोको समस्या छ वा क्यान्सर लागेको छ कि छैन भनेर हेर्ने गरिन्छ ।
यी गर्भ निरोधक औषधी खाने महिलामा भिन्न भिन्न असर देखिन सक्छ जसमध्ये यी मुख्य हुन्
यी औषधीले शरीरमा हुने असर
– शरीरमा पानी जम्मा हुन्छ
– शरीरमा भारीपन महसुस हुन्छ
– डन्डिफोर बढाउने खतरा
– स्तनमा भारीपन
– मुड स्विङ हुन्छ
गर्भनिरोधक लामो समयसम्म प्रयोग गर्न सकिन्छ र यसको खासै ठुलो दुष्प्रभाव पनि नहुने डाक्टर बताउँछन् ।
दिल्ली स्थित अमृता अस्पतालमा स्त्रीरोग विशेषज्ञ डा. प्रतिमा मित्तलले पहिला पाइने गर्भनिरोधकमा एस्ट्रोजनको मात्रा बढी हुने बताइन् । उनी भन्छिन्, ‘यस्ता गर्भनिरोधकको साइड इफेक्ट पनि धेरै हुन्थे तर अहिले यो निकै कम मात्रामा हुन्छ ।’
यसबारे विस्तृत जानकारी दिँदै उनी भन्छिन्, ‘कुनै महिलाले धूम्रपान गर्छिन् र एस्ट्रोजन भएको गर्भनिरोधक खाइरहेकी छिन् भने उनको रगत जम्ने समस्या हुनसक्छ । तर औषधीमा प्रोजेस्ट्रोन हुन्छ भने यसले खासै प्रभाव पर्दैन ।’
तर महिलाको स्वास्थ्य परिस्थिति अनुसार यसको सेवनका केही फाइदा पनि हुन्छन् ।
– सबैभन्दा महत्त्वपूर्ण, गर्भनिरोधकका कारण तपाईं परिवार नियोजन गर्न सक्नुहुन्छ ।
– महिनावारी नियमित हुन्छ
– महिनावारीका बेला हुने अत्यधिक रक्तस्रावलाई कम गर्न मद्दत गर्छ
– ओभरियन क्यान्सरको जोखिम कम हुन्छ ।
डा. प्रतिमा मित्तलका अनुसार यो औषधी खाँदा क्यान्सरको खतरा बढ्न भन्ने गरिन्छ, तर यो भ्रम मात्रै हो ।
यस्ता औषधी सधैँ खाँदा यी हर्मोन तपाईंको शरीरमा जम्मा हुनेछ भन्नु पनि गलत हो । यो कलेजोमार्फत तपाईंको शरीरबाट बाहिर निस्कन्छ ।
महिलालाई मात्र बोझ किन ?
गर्भनिरोधक औषधिले महिलालाई परिवार नियोजनको स्वतन्त्रता दिएको विज्ञहरू बताउँछन्, तर त्यसपछि यसको जिम्मेवारी पनि उनीहरूमाथि नै पर्न थाल्यो जसको भारी अहिलेसम्म उठाइरहेका छन् ।
पुरुषका लागि गर्भ निरोधक साधन छैन भन्ने होइन ।
त्यस्तै, सरकारको परिवार नियोजन कार्यक्रमअन्तर्गत गर्भ निरोधक चक्कीसँगै कन्डम पनि दिइन्छ तर तथ्याङ्क हेर्दा यसको प्रयोग कम छ ।
डाक्टरका अनुसार पुरुषहरूका लागि कन्डम र भ्यासेक्टोमीलगायतका गर्भ निरोधक विधिहरू कम छन् ।
तर यी दुवैसँग जोडिएका मिथक छन्, जस्तै कन्डमको प्रयोगले यौन आनन्द कम हुन्छ भन्ने मान्यता छ भने भ्यासेकटोमीका कारण शरीरमा कमजोरी आउने हो कि भनेर डराउँछन् । यसको असर महिलामा परेको छ ।
यस्ता मिथकलाई हटाउन सरकारबाट धेरै सचेतना अभियान चलाइए पनि पुरुषको सोचमा परिवर्तन आएको भए पनि त्यसको प्रतिशत भने निकै कम रहेको चिकित्सकहरूको भनाइ छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना