स्ट्राइकर रासफोर्ड सन् २०२८ सम्म म्यान युनाइटेडमै
काठमाडौँ । इङ्ल्यान्डका स्ट्राइकर मार्कुस रासफोर्डले म्यानचेस्टर युनाइटेडसँग सम्झौता नविकरण गरेका छन् । उनले सन् २०२८ सम्मका लागि इङ्लिस प्रिमियर लिग क्लबसँग सम्झौता नविकरण गरेका हुन् ।
२५ वर्षीय प्रभावशाली स्ट्राइकर रासफोर्ड सन् २०१५ मा म्यानचेस्टर युनाइटेडको सिनियर टोलीमा आबद्ध भएका हुन् । सिनियर टोलीमा उनले आफ्नो ब्यवसायीक खेल जीवनको पहिलो खेल नै यही इङ्लिस क्लबबाट खेलेका हुन् ।
त्यसअघि सन् २००५ देखि सन् २०१५ सम्म उनी म्यानचेस्टर युनाइटेडकै युवा टोलीमा आबद्ध थिए । नयाँ सम्झौता अनुसार, उनले म्यानचेस्टर युनाइटेडबाट प्रत्येक साता तीन लाख २५ हजार पाउण्ड पारिश्रमिक पाउने छन् ।
क्लबसँग उनको यसअघिको सम्झौता सन् २०२४ मा सकिँदै थियो । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागको उनी पहिलो रोजाईका खेलाडी हुन् । गत सिजन उनले ५६ खेल खेलेर ३० गोल गरिसकेका थिए ।
समग्रमा उनले म्यानचेस्टर युनाइटेडका लागि तीन सय ५९ खेल खेल्दै एक सय २३ गोल गरिसकेका छन् । उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीका पनि प्रभावशाली खेलाडी हुन् । ‘म केवल सात वर्षको उमेरमा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएको थिएँ । त्यसैले तत्काल म यसको विकल्प खोज्न सक्दिन । यो क्लबले मलाई धेरै कुरा दिएको छ,’ रासफोर्डले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ