कुवेतमा एक जना नेपाली कारदारको मृत्यु
मङ्गलबार, ०२ साउन २०८०, २० : ३६

काठमाडौँ । कुवेतमा एक नेपाली श्रमिकको मृत्यु भएको छ । तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मान बहादुर भुजेलको मृत्यु भएको हो।
कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको त्यहाँस्थित प्रहरीले जनाएको छ।
विगत १६ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएका मृतक भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए । उनकी श्रीमती पनि कुवेतमै रहेकाले घटना बारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ ।
पतिको शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन दूतावास र गैरआवासीय नेपाली संघ एनआरएन कुवेतलाई उनले अनुरोध गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबाट थाकेका हुन् पुटिन ? पहिलो पटक युक्रेनलाई दिए द्विपक्षीय वार्ताको प्रस्ताव
-
राजनीतिक व्यापारीको ‘चक्का’मा पिसिएको मुलुक
-
आमिर खान पनि घर सर्न थालेका हुन् ?
-
डा. अधिकारीको गीत ‘वाचा गरौँ’मा आकाश र करुणाको अभिनय
-
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
-
४० करोड अमेरिकी डलरको तयारी पोसाक निर्यात गर्ने उद्योग कसरी बन्द हुन पुगे ?