आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्षले गरे शपथ ग्रहण

मङ्गलबार, ०२ साउन २०८०, १७ : ४६
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनको नेपाल बीमा प्राधिकरणमा शपथ ग्रहण भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले मंगलबार भट्टचनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।   

प्रभु महालक्ष्मी लाइफको साउन १ गते साँझ सञ्चालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको थियो। अमेरिकाबाट साइवर  सेक्यूरिटिमा स्नातकोत्तर गरेका अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा बसी अनुभव हासिल गरेका छन् । 

असार २९ गतेबाट एकीकृत कारोबार प्रारम्भ गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यीय सञ्चालक समिति रहेको छ । अध्यक्ष भट्टचन लगायत संचालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन  र  सुसन शेरचन रहेका छन् । स्वतन्त्र सञ्चालक मनोनयन हुन बाँकी रहेको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप