सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
प्लस टु प्रोफाइल

छोटो समयमै अब्बल नतिजा निकाल्दै युनिग्लोब

मङ्गलबार, ०२ साउन २०८०, १३ : ०४
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । कमलादीमा रहेको युनिग्लोब कलेजले शैक्षिक संस्थाहरूको भीडमा छोटो समयमै उत्कृष्ट नतिजा निकाल्न सफल बनेको छ । २०७१ मा स्थापना भएको युनिग्लोबले प्लसटुमा साइन्स, म्यानेजमेन्ट र लका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

कलेजले विद्यार्थीको चाहना र भावनाअनुसार दक्ष शिक्षकबाट पठनपाठन गराउँदै आएको छ । आज २१ औँ शताब्दीमा विद्यार्थीको जोड विज्ञान, व्यवस्थापन र कानुन शिक्षामा छ । त्यही अनुसार विश्वव्यापी परिदृश्य पनि अघि बढिरहेको छ । प्लसटु विज्ञानको युनिग्लोब माध्यमिक विद्यालय, प्लसटु व्यवस्थापन र प्लसटु कानुन सामान्य र चिकित्सा विज्ञान, इन्जिनियरिङ र सूचना प्रविधि, लगायतका विषयमा विद्यार्थीलाई वैकल्पिक र आधुनिक व्यवस्थापन सिकाउँदै आएको छ । 

साइन्समा ६०० सिट 

प्लसटु साइन्सका लागि ६०० जनाको सिट क्षमता छ । यहाँ पढ्नका लागि विद्यार्थीबिच हानथाप हुन्छ । उत्कृष्ट विद्यार्थीलाई पठनपाठन गराउन युनिग्लोबले प्रवेश परीक्षा लिने गरेको छ । 

विज्ञानतर्फका कक्षामा अनिवार्य विषयमा अङ्ग्रेजी, नेपाली, फिजिक्स, केमेस्ट्री, म्याथमेटिक्स, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसनका कोर्सहरू रहेका छन् । त्यस्तै कक्षा १२ मा यीबाहेक बायोलोजी र कम्प्युटर साइन्सलाई वैकल्पिक विषयमा राखिएको छ । दुईमध्ये एउटा पढ्न पाइन्छ । 

साइन्सका लागि आवश्यक पर्ने ल्याब अध्याधुनिक प्रविधियुक्त छ । जहाँ विद्यार्थीलाई आफैँ नै प्राक्टिलमा बढी केन्द्रित गराइन्छ । विद्यार्थी सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्यासमा बढी जोड दिइन्छ । यसले गर्दा विद्यार्थीले किताबमा पढेको कुरा व्यवहारमा चाँडो सिक्छन् । 

Uni Globe (3)

म्यानेजमेन्टमा ६०० सिट 

त्यस्तै म्यानेजमेन्टमा समेत ६०० सिट क्षमता छ । म्यानेजमेन्टमा समेत उत्कृष्ट नतिजा निकाल्दै आएको छ । म्यानेजमेन्ट पढेका विद्यार्थीहरू विभिन्न प्रतिष्ठित क्षेत्रको नेतृत्व तहमा कार्यरत छन् । 

म्यानेजमेन्टमा कक्षा ११ मा अनिवार्य विषय अन्तर्गत अङ्ग्रेजी, नेपाली, म्याथमेटिक्स, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसन र एकाउन्ट रहेका छन् । पहिलो ऐच्छिकका रूपमा इकोनोमिक्स, ट्राभल एन्ड माउन्टरिङ स्टडिज तथा दोस्रो ऐच्छिकमा बिजनेस स्टडिज, कम्प्युटर साइन्स, बिजनेस म्याथमेटिक्स र होटल म्यानेजमेन्ट छन् । 

त्यस्तै ल पढ्ने विद्यार्थीहरूलाई समेत किताबी ज्ञानसँगै व्यावहारिक कुरामा बढी जोड दिइन्छ । फिल्ड भिजिट गराउने, अदालतमा लगेर बहस कार्यक्रममा सहभागी गराउने गरिन्छ । 

लको हकमा कक्षामा ११ मा अनिवार्य अङ्ग्रेजी, नेपाली, सोसल स्टडिज एन्ड लाइफ स्किल्स एजुकेसन, जुरिस्प्रिडेन्स एन्ड लिगल थेउरी, प्रोस्युडर ल र कन्स्टिच्युसनल ल रहेका छन् । 

युनिग्लोबले इनोभेटिक शिक्षण सिकाइ अन्तर्गत ग्रुप वर्क, प्रोजेक्ट वर्क, प्रिजेन्टेसन, काउन्सिलिङ, टेक्नो–ल्याब, रिसर्च वर्क, फिल्ड भिजिट, प्रेक्टिकल इक्जामिनेसन, सोसल वर्क, स्टुडेन्ट पब्लिकेसन, मूल्याङ्कन जस्ता कार्य गर्दै आएको छ । 

यहाँ उत्कृष्ट शैक्षिक वातावरणका लागि त्यही आधारमा शिक्षकको छनोट गरिन्छ । विद्यार्थीमैत्री भौतिक संरचना रहेको युनिग्लोबमा सबैले तिर्न सक्ने शुल्क तोकिएको छ । 

Uni Globe (10)

‘ब्रिङ्गिङ द बेस्ट टुगेदर’

युनिग्लोबले सुरुवाती दिनदेखि नै ‘ब्रिङ्गिङ द बेस्ट टुगेदर’ भन्ने स्लोगन रहेको छ । यहाँ पढेका विद्यार्थीहरू छोटो समयमा नै विभिन्न प्रतिष्ठित कम्पनी तथा क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुग्न सफल भएका छन् । 

युनिग्लोबले विद्यार्थीलाई पढाइ मात्र केन्द्रित नभई उनीहरूको चाहना अनुसारको पठनपाठन गराउँदै आएको छ । 

युनिग्लोब बेस्ट शिक्षक, उत्कृष्ट भौतिक संरचना, उत्कृष्ट शैक्षिक वातावरणले गर्दा छोटो समयमा नै उत्कृष्ट नतिजा दिन सफल भएको विज्ञान संकायका कार्यक्रम संयोजक दिल्लीराम उप्रेतीले बताए । 

‘कलेजले विद्यार्थीहरूका कमीकमजोरी नजिकबाट नियाल्ने गरेको छ । व्यक्तिगत हेरचाहलाई बढी जोड दिन्छौँ । जसले गर्दा कमजोर विद्यार्थीले समेत सिकाइको कुरामा कुनै कमजोरी हुँदैन,’ उप्रेतीले भने । 

कलेजले एक्स्ट्रा एक्टिभिटिज र को–करिकुलम एक्टिभिटिजलाई समेत प्राथमिकता दिने गरेको छ । प्रत्येक विद्यार्थी कुनै न कुनै यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी हुनै पर्छ । त्यसका लागि विद्यार्थीहरूको नै विभिन्न क्लब गठन गरिएको हुन्छ । 

Dilliram uprety

‘हरेक विद्यार्थीले कुनै न कुनै अतिरिक्त क्रियाकलापमा सहभागी हुनै पर्छ । हामीले रिडर्स क्लब बनाएका हुन्छौँ । जसमा विद्यार्थीहरूले बुक टक कार्यक्रम गर्छ । त्यस्तै स्पोर्टस क्लब छ । सोसल क्लब छ । आईटी क्लब छ,’ उप्रेतीले भने, ‘विभिन्न क्लबहरूमा धेरै अतिरिक्त क्रियाकलाप गर्छन् । कुनै न कुनै हिसाबले त्यसमा आबद्ध हुनुपर्छ । जसले गर्दा विद्यार्थी एउटा लर्नर मात्र नभएर एउटा लिडर भएर पनि निस्किन्छ ।’  

कक्षा ११ को छात्रवृत्ति १२ पनि निरन्तरता 

कक्षा ११ मा पढ्ने विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ । सोही आधारमा हरेक कलेज तथा स्कुलहरूले गरिब, जेहनदार लगायतको आधारमा छात्रवृत्ति दिनै पर्छ । तर त्यसरी दिइने छात्रवृत्ति कक्षा १२ मा नपाउने समस्या विद्यमान छ । नतिजामा कमजोर देखिएको खण्डमा १२ मो पाउने छात्रवृत्ति कटौती गर्ने गरेका छन् । तर युनिग्लोबले भने कक्षा ११ मा पाउने विद्यार्थीले कक्षा १२ मा पनि छात्रवृत्ति निरन्तर पाउँछन् । 

shekhar adhikari

राम्रो नतिजा ल्याउने, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीले कक्षा १२ मा थप छात्रवृत्ति पाउने म्यानेजमेन्ट एन्ड ल स्ट्रिम प्रोग्राम कोर्डिनेटर शेखर अधिकारीले बताए । 

आर्थिक अवस्था कमजोर भएर वा पैसा तिर्न नसकेका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुनु परेको छैन । 

कक्षा ११ मा गरिब, जेहेनदार, प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, पिछडिएको क्षेत्र लगायतका सरकारले तोकेको मापदण्डअनुसार नै छात्रवृत्तिको कोटा निर्धारण हुँदै आएको अधिकारीले बताए । 

अत्याधुनिक भौतिक संरचना  

बाहिरबाट झट्ट हेर्दा युनिग्लोबको भव्य संरचना देखिन्छ । ठुलठुला बिल्डिङ, ठुलो प्लेग्राउन्ड जस्ता कारणले विद्यार्थीलाई लोभ्याउँछ । 

बाहिरबाट देखिने संरचनाभन्दा भित्री संरचना अझ भव्य छ । साइन्सका लागि अत्याधुनिक ल्याब, होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि समेत उत्कृष्ट ल्याब छन् । यति मात्र नभएर विद्यार्थीले पढ्न चाहेको पाठ्यपुस्तक पढ्न पाउने गरी लाइबे्ररीको समेत व्यवस्था गरिएको छ । 

टाढाका विद्यार्थीलाई बस्नका लागि होस्टेल, स्कुल बसलगायतका भौतिक सुविधासमेत युनिग्लोबले व्यवस्थापन गरेको छ । 

पठनपाठन गर्दा भौतिक संरचनाको कमजोरीले कुनै पनि विद्यार्थीले समस्या भोग्नु नपरोस् भने युनिग्लोब सधैँ सचेत रहन्छ । 

लिडरसिपमा जोड 

युनिग्लोबमा पढेका विद्यार्थीहरू सधैँ नेतृत्वदायी भूमिका रहनुपर्छ भन्ने मान्यता युनिग्लोबको हुन्छ । नेपालभित्रै होस् वा बाहिर अधिकांश विद्यार्थी नेतृत्वदायी भूमिकामा छन् । 

‘यहाँ पढेर गएका विद्यार्थी बैङ्किङ क्षेत्र होस् वा अनुसन्धान क्षेत्रमा होस् लिडरसिप गरिरहेका छन् । नेपाल बाहिर अमेरिका, क्यानडा, अस्ट्रेलिया जस्ता देशका प्रसिद्ध विश्वविद्यालयमा काम गर्दै आएका छन् । विभिन्न लिडरसिप पोजिसनमा पुगेका प्रशस्त भेटिन्छन्,’ उप्रेतीले भने ।  

जीवनपर्यन्त शिक्षामा जोड 

युनिग्लोबले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र केन्द्रित गराउँदैन् । दुई वर्ष प्लस टु पढेर गएका विद्यार्थी किताबी ज्ञान मात्र नभएर जीवनको मूल्य र मान्यतामा अनुभवी भएर निस्किन्छन् । 

‘विद्यार्थी आउँदा कस्तो थियो भन्ने कुराले म्याटर राख्दैन । जाँदा के लगेर गयो भन्ने कुरा हाम्रो लागि प्रमुख हुन्छ । विद्यार्थीले सिक्ने किताबी ज्ञानसँगै उसले धेरै कुरा सिकेर जान्छ र जीवन सफल बनाउँछ,’ अधिकारीले भने । 

किताबमा भएको कुरालाई रटाएर वा घोकाएर मात्र नहुने भन्दै दुई वर्ष पढिसकेपछि विद्यार्थीले आफ्नो उद्देश्य के हो भन्ने बुझ्ने त्यही आधारमा अगाडि बढ्न सहयोग पुग्ने गरेको अधिकारीले बताए । 

युनिग्लोबको दृष्टि  

युनिग्लोबले विश्व स्तरीय, अनुसन्धान सञ्चालित, विज्ञान, व्यवस्थापन, कानुन र करियरको महत्त्वलाई ध्यानमा राखेको हुन्छ । 

यसलाई अनुसरण गर्दै युनिलोबले भविष्यका वैज्ञानिक, अनुसन्धानकर्ता, डाक्टर, इन्जिनियर, पाइलट, मेडिकल डाक्टर, दक्ष प्राविधिक, व्यावसायिक उद्यमी, व्यवस्थापक, कानुनी रूपमा सम्भावित व्यक्तिहरूलाई दक्ष बनाउने खालको वातावरण सिर्जना गर्दै आएको उप्रेतीको भनाइ छ । 

विज्ञहरू, व्यवसायी नेताहरू र सक्षम नागरिकहरू जो आफ्नो, आफ्नो समाज र ठुलो मात्रामा मानवताको सेवा गर्न सक्षम हुने छन् भन्ने युनिग्लोबको उद्देश्य छ । 

युनिग्लोबले स्किल फेस्टिभल, एल्मुनाई मिट, फुटसल प्रतियोगिता लगायतका अतिरिक्त क्रियाकलाप निरन्तर गर्दै आएको छ । 

युनिग्लोबका मार्केटिङ तथा सञ्चार विभागका प्रमुख आकाश श्रेष्ठले युनिग्लोबको प्रमोसन र ब्रान्डिङमा जोड दिइरहेको बताए । 

aakash shrestha

सङ्क्षिप्तमा युनिग्लोब :   

स्थापना : २०७१ सालमा । 

स्थान : कमलादी काठमाडौँ ।  

पढाइ हुने सङ्काय : 

प्लसटुको हकमा : साइन्स, म्यानेजमेन्ट र ल । 

शुल्क : एफोर्टेबल ।   

विद्यार्थी सङ्ख्या : २ हजार ५०० भन्दा बढी । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप