युनाइटेडले इन्टरका गोलकिपर ओनानालाई अनुबन्ध गर्ने

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानालाई अनुबन्ध गर्ने नजिक पुगेको छ । युनाइटेडले ओनानाका लागि करिब ५ करोड पाउन्ड खर्च गर्ने बताइएको छ ।
१२ सिजन क्लबमा बिताएका गोलकिपर डेभिड डी गेयाले गत सिजनको अन्त्यमा क्लब छाडेपछि युनाइटेडले २७ वर्षीय क्यामरुनका खेलाडीलाई उनको स्थानमा क्लबमा ल्याउन लागेको हो । आइतबार युनाइटेड र ओनानाका प्रतिनिधिबीच छलफल भएको र त्यस क्रममा ५ वर्षको करारमा हस्ताक्षर गर्ने सहमति बनेको बेलायती मिडियाले जानकारी दिएको छ ।
दुई क्लबबीच यसबारे छलफल हुन भने बाँकी रहेको छ । यद्यपि अर्को हप्तादेखि सुरु हुने युनाइटेडको अमेरिकाको भ्रमण अघि नै क्लबले उनको अनुबन्ध प्रक्रिया पुरा गर्ने अपेक्षा गरिएको छ ।
आयाक्समा सात वर्ष बिताएर ओनाना सन् २०२२ को जुलाईमा इन्टर मिलान पुगेका थिए । उनले इन्टर तेस्रो हुँदा सिरिए ए का २४ खेलमा आठ वटा क्लीन सिट राख्न सफल भएका थिए । च्याम्पियन्स लिगमा गत सिजन उनले १३ खेलमा ८ क्लीन सिट राखेका थिए, यो प्रतियोगिताका लागि रेकर्ड पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै