वडा अध्यक्षले पूर्वसूचना बिना घर भत्काएको भन्दै न्यायको माग

सिरहा । गोलबजार नगरपालिका–१२ का वडा अध्यक्ष गणेश मुखिया विवादमा तानिएका छन् । पूर्वसूचना बिना नै आफ्नो घर भत्काइएको आरोप सोही वडा निवासी राम विकास महतोले लगाएका छन् ।
हुल हुज्जतका साथ आफ्नो घरमा जेसीभी चलाएर एक्कासी तहसनहस पारिएको महतोको आरोप छ । जमदह–लगडी गदियानी सडक अन्तर्गत गोलबजार–१२ बेतौना निवासी सुगादेवी महतो (राम विकास महतोकी पत्नी)को नाममा रहेको जमिनमा बनेको घर भत्काइएको र घर भत्काउन वडा अध्यक्ष मुखियाको भूमिका रहेको उनी बताउँछन् ।
उनले भने, ‘बाटोको एकतर्फी जग्गा च्याप्न खोजेपछि न्यायका लागि अदालत गुहारेको थिएँ । तर एक्कासी घर भत्काइदिए । तीन चार वर्ष पहिला करिव ५५ लाख लागतमा बनाएको घर भत्काएर तहसनहस बनाइयो ।’
श्रीमती बिरामी रहेको र ९५ वर्षको बुढो बुबाको समेत बिचल्ली हुने गरी आफ्नो घर भत्काइदिएको भन्दै उनले बिनासूचना घर भत्काएर आफूमाथि अन्याय गर्नेलाई कारबाहीको दायरामा ल्याउन मागसमेत गरे ।
महतोले गोलबजार नगरपालिकाका, पालिकाका मेयर, वडा नम्वर १२ का वडा अध्यक्ष, धनुषाको जनकपुरस्थित हुलाकी राजमार्ग निर्देशनालयलाई विपक्षी मनाएर जिल्ला अदालतमा मुद्दा दिएका छन् । मुद्दाको किनारा नलाग्दै वडा अध्यक्षको नेतृत्वका घर भत्काइएको महतोको भनाइ छ ।
वडा अध्यक्ष गणेश मुखिया भने सामाजिक छलफलबाट भएको निर्णय स्थानीयवासीले लागु गरेको भन्दै घर भत्काउन आफ्नो कुनै भूमिका नरहेको बताउँछन् । उनले भने, ‘अरु नै विषमा छलफल चलिरहेको बेला यो कुरा पनि आयो, त्यहीँ म सहित ११ जनाको प्रतिनिधिले घर भत्काउने निर्णय ग¥यौँ, त्यसको कार्यान्वयन स्थानीय जनताले गरेका हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमा सडक दुर्घटनामा परी नेपाली युवा व्यवसायी आचार्यको मृत्यु
-
मोदीले ट्रम्प फकाउँदा भारतलाई कति फाइदा ?
-
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
-
शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क
-
यसरी बन्दैछ ४०० केभीको लप्सीफेदी सबस्टेसन (तस्बिरहरु)