ङादी ग्रुप पावरले १०० प्रतिशत हकप्रद सेयर ल्याउने
काठमाडौँ। ङादी ग्रुप पावरले साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । सभा, लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ ।
यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले यसअघि नै शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ ।
हाल ङादी ग्रुपको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
यसले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । सभा प्रयोजनका लागि यसले बिहीबार साउन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, बुधबार साउन ३ गतेसम्म कायम सेयरधनी विशेष सभामा भाग लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्करपियो र कार ठोक्किँदा घाइतेमध्ये एक जनाको मृत्यु
-
ह्वाइट वासबाट जोगियो श्रीलंका
-
मुलुकको आर्थिक विकासका लागि अध्यादेशमार्फत कानुन संशोधन : गृहमन्त्री
-
जोसेफ स्टालिन र राजा महेन्द्र : नेतृत्वका जटिलता र चुनौती
-
७ करोड ठगेको आरोपमा काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष पक्राउ
-
कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल