मकवानपुर र बारामा सवारी दुर्घटना, २ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित सडक किनारमा पैदल हिडिरहेका एक व्यक्तिलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा हेटौडा–१० बस्ने वर्ष ६३ को लालबहादुर घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा घाइते भएका घिसिङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
सोमबार साँझ ७ः ५० बजेको समयमा हेटौडा–१० जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोडमा हेटौंडा शिवम् सिमेन्टबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ६ ख ८८९० नंम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको पैदल यात्री ठक्कर दिँदा घिसिङ घाइते भएका थिए ।
ट्रकको ठक्करबाट घिसिङको दुबै खुट्टा र टाउकोमा चोट लागेको र हेटौडा अस्पतालमा उपचारको क्रममा ८ बजे मृत्यु भएको प्रवक्ता कार्कीले बताए । प्रवक्ता कार्कीका अनुसार ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको र शवलाई हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ ।
त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ स्थित चुरियामाई मन्दिर नजिक पूर्व पश्चिम राजमार्ग सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमा हेटौडा–१५ बस्ने ३५ वर्षीय शंकर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । तामाङको उपचारका क्रममा हेटौंडा सहकारी अस्पतालमा मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।
सोमबार साँझ ४: १० बजेको समयमा चुरियामाई नजिकै पूर्व पश्चिम राजमार्ग सडक खण्डमा हेटौडाबाट वीरगञ्जतर्फ आउँदै गरेको प्र.२–०३–०१२ प ८८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बाँया साईडबाट ३० फिट तल खसेको थियो ।
दुर्घटनामा परि मोटरसाइकल चालक तामाङको शरिरका विभिन्न भागमा चोट लागी घाइते भइ उपचारका लागि हेटौंडा सरकारी अस्पताल लगिएको कार्कीले बताए । उनको उपचारको क्रममा ४ः५६ बजे मृत्यु भएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको र शवलाई हेटौंडा अस्पतालमा राखिएको कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’