कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त
सोमबार, ०१ साउन २०८०, १७ : ०४
काठमाडौँ । कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन् । कम्पनीले आज सोमबारदेखि लागू हुनेगरी उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यसअघि शर्मा सोही कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
बैंक तथा वित्तीय क्षेत्रमा १३ बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व मानिन्छन् ।
शर्माको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ कम्पनीले विश्वास लिएको छ ।
कुमारी बैंकको सहायक कम्पनीका रूपमा रहेको क्यापिटलको चुक्ता पूँजी ४० करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
-
साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्