नन्द बहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित

काठमाडौँ । उपराष्ट्रपति पदका लागि एक मात्र उम्मेदवारी परेपछि नन्द बहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित बनेका छन् ।
निर्वाचन आयोगका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ बमोजिम उपराष्ट्रपतिको पदमा पुन निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा नन्द बहादुर पुनको मात्र उम्मेदवारी कायम हुन आएकोले निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनका लागि एकजना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको भनी तोकिए बमोजिम घोषणा गर्ने व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले उपराष्ट्रपतिमा निर्वाचित हुनु भएका श्री नन्द बहादुर पुनलाई आजै निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी क्लब अफ काठमाडौँ मिडटाउनद्वारा जलवायु परिवर्तनबारे च्यारिटी डिनर कार्यक्रम आयोजना
-
पाकिस्तानको आर्थिक मामिला मन्त्रालयको एक्स खाता ह्याक
-
वर्षाका कारण खेल सम्भव नभएपछि हङ्कङसँग अंक बाँड्यो नेपालले
-
नेविसंघमा निलम्बित दुई केन्द्रीय सदस्यले गरे अध्यक्ष र अनुशासन प्रमुखलाई कारबाही
-
भारत–पाकिस्तान द्वन्द्व : आवश्यक सुरक्षा सतर्कता अपनाउन सांसदहरूको ध्यानाकर्षण
-
गभर्नर नियुक्ति गर्न रुलिङको माग