काठमाडौँ । आज साउने सोमबार । महिलाहरूले हरियो पहिरिन, हरियो चुरापोते तथा हातमा मेहेन्दी लगाउने महिना ।
यस्तै साउने सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरमा महिलाहरूले मेहेन्दी लगाएका छन् । पशुपति क्षेत्रमा मेहेन्दी लगाउने महिलाको भिड देखिन्थ्यो । अधिकांश महिलाहरूले एक हातमा मेहेन्दी लगाएका छन् ।
आज साउन महिनाको पहिलो सोमबार भएपनि चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत गत असार २५ देखि नै सुरु भएको छ ।
प्रतिक्रिया