सुनसरीमा ३ युवतीलाई निर्घात कुटपिट, एक युवती पक्राउ

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारमा ३ जना युवतीमाथि निर्घात कुटपिट भएको छ ।
५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गरेको भिडीयो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले आरोपीतलाई पक्राउ गरेको छ । कुटपिटमा संलग्न १९ वर्षीया प्रिति लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले रातोपाटीलाई बताए ।
असार २९ मा मादक पदार्थ सेवन गरेपछि दुई समूहको बिचमा भनाभन हुँदा झगडा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
पीडित पक्षका युवतीहरुले आइतबार जिल्ला प्रहरी कार्यालयमा घटनाबारे उजुरी दिएका छन् । किशोरीहरु बिच सामान्य विवाद हुँदा एउटा पक्षले अर्को पक्षलाई ‘बेइज्जत’ गरेको आरोपमा आक्रमण गरेका थिए ।
सप्तकोशी किनारस्थित राजाबासमा भएको घटनामा संलग्नहरु उपर प्रहरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।