छैटौं विकेटका रुपमा सोमपाल आउट
सोमबार, ०१ साउन २०८०, १६ : १६

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले छैटौं विकेट गुमाएको छ ।
छैटौं विकेटका रुपमा सोमपाल कामी आउट भएका हुन् । उनले ३९ बलको सामना गरी १४ रन बनाएका थिए । उनी मावन सुथारको बलमा एलबीडब्लू आउट भएका हुन् । छैटौं विकेटका लागि कप्तान रोहित पौडेल र सोमपालले ५३ रनको साझेदारी गरे । सोमपाल आउट हुँदा नेपालले २३.६ ओभरमा ९० रन बनाएको थियो ।